नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई पारस खड्काले दिए बधाई !

काठमाण्डौ, कात्तिक १३ – नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई पूर्व कप्तान पारस खड्काले बधाई दिएका छन् ।पारसले ट्वीटमार्फत ज्ञानेन्द्रलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘सबैभन्दा योग्य व्यक्ति नेपाली क्रिकेट टिमको कप्तानमा नियुक्त भएकोमा ज्ञानेन्द्र मल्ललाई बधाई ।
जसले ठूलो जोस, अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेका छन् । मलाई विश्वास छ उनको नेतृत्वमा हामी नयाँ उचाइमा पुग्नेछौँ ।’पारस खड्काले कप्तानी छोडेपछि तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानमा नियुक्त गरेको हो ।
अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको हो ।गएको असोज २८ गते पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए ।तत्काल हुन लागेको एमसीसीविरुद्धको सिरिज र अर्को निर्णय नहुँदासम्म उनले नेपाली टिमको कप्तानी गर्नेछन् ।



तपाइँको प्रतिक्रिया