नेपाल क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

काठमाडौं, कात्तिक १३ – नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी दिएको छ । कप्तान पारस खड्काले राजीनामा दिएपछि क्यानले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको हाे ।ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र यसअघि नेपाली टोलीको उपकप्तान रहेका थिए ।
पारसको अनुपस्थितिमा उनले नै कप्तानीको भूमिका निभाएका थिए । क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।अर्को निर्णय नहुदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको हो ।
‘कप्तान पारसको राजीनामा आईसकेपछि र फेरी कप्तानमा उनी नफर्कने बताएपछि अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिइएको छ’ ।अब तत्काल हुन लागेको एमसीसीविरुद्धको सिरिज र अर्को निर्णय नहुँदासम्म उनले नेपाली टिमको कप्तानी गर्नेछन् ।



तपाइँको प्रतिक्रिया