आज बिहान बस दुर्घटना हुँदा १३ जना घाइते,२ को अवस्था गम्भीर

खोटाङ,कात्तिक १३ – खोटाङको हलेसी चुवाचुङ नगरपालिकास्थित १० मा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस आज बिहान ७ः४० बजे कामिडाँडामा दुर्घटना भएको हो ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले घाइतेहरुको परिचय र दुर्घटनाको कारण नखुलेको जनाएको छ ।



तपाइँको प्रतिक्रिया