केही नेवार समुदायको आज भाइटीका,सार्वजनिक बिदा

काठमाडौँ,कात्तिक १३ – नेवार समूदायले आज तिहार मनाउँदै छन् । मंगलबार भाइटीका नगरेका नेवार समुदायले आज टीका लगाउने भएका हुन् ।
नेवार समुदायले मनाउने किजा पुजा अर्थात भाइटीकाको लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने मंगलबारको लागि भाइटीकाको तिथि निकालेको थियो । सोही अनुसार मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै भाइटीका मनाइएको थियो ।
किजा पूजाको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । नेवारी समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भन्दै बिदा माग भए बमोजिम सरकारले बिदा दिने निर्णय गरेको हो ।



बिदा माग गर्दै नेवार समुदायको प्रतिनिधिमण्डलले कात्तिक ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो । पञ्चाङ्ग निर्णायक समितिले भने तिहारका लागि कात्तिक १०, ११ र १२ गते बिदा दिन सरकारलाई सुझाव दिएको थियो ।
तपाइँको प्रतिक्रिया