माछा मार्ने क्रममा २५ वर्षीय युवक नदीमा डुबेर बेपत्ता

कैलाली, कात्तिक ११ – कैलालीको टीकापुर नगरपालिका स्थित -९ पायल गाँउका एक युवक माछा मार्ने क्रममा मोहना नदीमा डुबेर बेपत्ता भएका छन् ।
२५ वर्षीय रामु हुडके माछा मार्ने क्रममा आइतबार साँझ साढे पाँच बजेतिर मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरकले हुडकेको खोजी भईरहेको जानकारी दिए । स्थानीयका अनुसार उक्त क्षेत्र गोहीको बासस्थान भएका कारण हुडकेलाई गोहीले तानेको आशंका गरिएको छ ।
तपाइँको प्रतिक्रिया