सिजी ल्याण्डमार्कमा आर्कषक छुटका साथै दैनिक सांँगितिक प्रस्तुती

कात्तिक १०, चितवन । भरतपुरमा रहेको शहरभित्रको शहर भनिने सिजी ल्याण्डमार्कमा चाडपर्वलाई लक्षित गर्दै विभिन्न आकर्षक छुटको व्यवस्थाको साथै दैनिक सांगितिक प्रस्तुती भइरहेको छ ।
औपचारिक रुपमा गत साउनबाट सञ्चालनमा आएको सिजी ल्याण्डमार्कमा रहेका हरेक पसलले इलेक्ट्रोनिक्स ,लत्ता कपडा, रेष्टुरेण्टका परिकार, र बच्चाका खेल लगायतका अन्य सेवा सुविधामा बिशेष छुटको व्यवस्था गरेका हुन ।चौधरी ग्रुपको लगानी रहेको सिजी ल्याण्डमार्क सञ्चालनमा आएसंँगै उपभोक्ताहरु बाक्लो भीड रहेको ल्याण्डमार्कले जनाएको छ ।
ल्याण्डमार्कका प्रबन्धक उज्ज्वल केसी ल्याण्डमार्क सञ्चालनमा आएसंँगै ग्राहकको भीड बढ्दै गएको बताउनुहुन्छ । ‘चितवन र भरतपुरकै केन्द्रमा रहेको मलमा दैनिक भीड छ, उहांँले भन्नुभयो,यहांँ भित्र छिेरपछि ग्राहक कतै जानु पर्दैन ।’ शुरुवाती क्षणमा २ देखि ३ हजार ग्राहक आउने गरेपनि चाडबाडको अवसरमा दैनिक १० हजार भन्दा बढी ग्राहक आउने गरेको उहांँले बताउनु भयो । अन्तरराष्ट्रिय मापदण्ड र सेवासुविधा सहितको मल भएकोले पनि यहांँ दैनिक ग्राहकको उपस्थिति बढेको उहांँले बताउनु भयो ।
उहांँका अनुसार प्रत्येक बिक्रेताले आ आफ्नो तरीकाले सामान खरिदमा छुट दिएको र ल्याण्डमार्कको भुईतल्लामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारद्धारा सागितिक कार्यक्रमको आयोजना गरिएको छ । सांगितिक प्रस्तुतीको मज्जासंँगै ग्राहकले मलमा सामान खरिदमा लक्की ड्र को व्यवस्था , विभिन्न परिकारको स्वाद र बच्चा, युवाको लागि खेलको मज्जा लिने गरेको उहांँको भनाई छ ।



मलमा अण्डरग्राउण्ड सहितको दुइतल्ला पार्किङ्गको व्यवस्था, पहिलो तल्लामा विभिन्न किसीमका बा्रण्डेड शोरुम तथा पसल,गेमिङ्ग जोन, दोस्रो तल्लामा बच्चा तथा महिलाहरुको लागि फेशनका कपडा, तेस्रो तल्लामा इलेक्ट्रोनोक्सि सामान र घरायसी सामानका पसल रहेका छन । यसैगरी ४ औ तल्लामा परिकारका पारखीका लागि फुड कोर्ट, अत्याधुनिक सेवासहितका दुइवटा सिनेमा हल , पांँचौ तल्लामा सभा, सम्मेलन पार्टीका लागि ब्याङ्गकेट हल र छैठौ तल्लामा स्वीमिङ्ग पुलसहितको अन्तरारराष्ट्रिय चेन होटल फर्न रेजिडेन्सी रहेको छ ।
मलमा वातानुकुलित वातावरण, अपांँगमैत्री शौचालय, लिफ्टको व्यवस्था र अन्तरर्राष्ट्रिय गुणस्तरको सेवा सुविधा भएकोले ग्राहकहरुको भीड बाक्लिदै गएको केसीको भनाई छ । ‘बच्चा, युवा, बृद्धबृद्धाका सामान खरीदका साथै मनोरञ्जन लगायतका सुविधा रहेकोले सिजी ल्याण्डमार्क सबैको रोजाइमा परेको छ’ केसीले भन्नुभयो । भविष्यमा मलमा दैनिक खाद्यबस्तु लगायतका अन्य सेवासुविधा थप गर्दै जाने योजना रहेको उहांँले बताउनु भयो । हाल ल्याडमार्कमा विभिन्न ब्राण्डका शोरुम, गेमिङ्ग जोन, रेष्टुरेण्ट लगायत ६५ वटा भन्दा बढी बा्रण्डका पसलहरु सञ्चालनमा छन ।
बेल्जियम क्रिस्पीमा पारखीको आकर्षण
सिजी ल्याण्डमार्कको भुइतल्लामा रहेको ग्रेट बेल्जियम वाफलमा मा स्वाद पारखीको आकर्षण बढेको छ । चक्लेटको विभिन्न स्वादमा पाइने यस परिकारमा ग्राहकहरु बढी लोभिने गरेका छन । विभिन्न स्वादसहित र शक्तिवर्दक मानिने यस परिकार खाजा, खानाको रुपमा प्रयोग गर्न सकिने सञ्चालक आशिष शर्माले बताउनु भयो । यो बाल, युवा वृद्धा सबैको लागि उपयोगि छ, स्वादिष्ट पनि छ, शक्तिवर्दक पनि छ उहांँले भन्नुभयो । अलग्गै परिकार र खान सजिलो र स्वादिलो भएकोले यसका ग्राहक दैनिक बढेको उहांँको भनाई छ ।
काठमाडौमा मात्रै दशवटा शाखा रहेको यस क्याफेमा विभिन्न प्रकारको सेक पनि पाइन्छ । शर्माका अनुसार ग्राहकको चाहना अनुसार सेक, कोल्ड कफी, मोइतो लगायतका पेय पदार्थहरुको अर्डर तयार गरिनेछ । क्याफेमा ग्राहकको लागि प्रत्येक परिकारमा १० प्रतिशतको डिस्काउण्ट कार्डको व्यवस्था गरिएको छ । ‘डिस्काउण्ट कार्डको साथै बाइ थ्री गेट वान फ्री पनि छ’शर्माले भन्नुभयो । बेल्जियमबाट शुरु भएको यस परिकार नेपालमा पनि उत्तिकै लोकप्रिय रहेको सञ्चालक शर्माले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया