आज कति छ सुनचाँदिको मुल्य ?

काठमाण्डौ, कात्तिक ८ – पछिल्लो समय अस्थिर रहेको सुनचाँदीको भाउ शुक्रबार केही रुपैयाँले बढेको छ ।तोलामा ६ सय रुपैयाँ बढेर सुन शुक्रबार आज तोलाको ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको बिहीबार र बुधबार तोलाको ७० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेको हो । यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ ।गएको शुक्रबारदेखि नै तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ एक हप्तापछि बढेको हो ।
तपाइँको प्रतिक्रिया