चितवनमा दुई करोडको लगानिमा जुम्बा सहितको फुटसल खुल्ने

चितवन, कात्तिक ७ – भरतपुर महानगरपालिका ७ गौतम चोकमा चितवनकै पहिलो जुम्बा सहितको फुटसल खुल्ने भएको छ । पाँच कट्ठा क्षेत्रफलमा करिब २ करोडको लगानिमा खुल्न लागेको उक्त फुटसलमा जुम्बा, एरोविक, व्याडमिन्टन कोड, इन्डोर टेबल टेनिस, स्पोर्टस सप, क्याफे समेत रहने अध्यक्ष दिपक चन्द्र भट्टराईले बताएका छन् ।
यसको लागि पर्याप्त पार्किंङको सुबिधा, सफा राम्रो खानेकुरा पाउने क्याफे, साथै शान्त वातावरण रहने अध्यक्ष भट्टराईले बताए । उनी भन्छन, “हामी व्यापार मात्र गरेका छैनौ, स्वस्थ जीवनका लागि खेल भन्ने उक्तिलाई अङ्गीकार गर्दै खेल मार्फत व्यायम गराई व्यस्त जीवनशैली बिताईरहेका मानिसहरुमा प्राय लाग्न सक्ने सुगर, प्रेसर , हाडजोर्नीको समस्या जस्ता रोगहरुलाई हटाउने एउटा माहाअभियानमा समेत लागेको महसुस गरेका हौ”।
स्वस्थ हुनको लागि शारिरिक व्यायम आवश्यक पर्ने हुनाले शरीरलाई स्वस्थ र फिट बनाउन चाहनेहरुको आवश्यकतालाई मध्य नजर गरेर विभिन्न शारिरिक अभ्यास सहितको अत्याधुनिक खेल राख्न लागिएको उनले बताए । फुटसल छिट्टै खुल्ने तयारीमा छ काम भईरहेको हुँदा १५ देखी २० दिन भित्रमा काम सम्पन्न हुने जानकारी दिए ।



तपाइँको प्रतिक्रिया