अमेरिकाद्वारा टर्कीमाथिको नाकाबन्दी फुकुवा

कात्तिक ७,वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीविरुद्ध ९ दिन अघि लगाइएको नाकाबन्दी फिर्ता गरिएको घोषण गरेका छन् । टर्कीले उत्तरी सिरियामा रहेका कुर्दमाथि आक्रमण गरेपछि अमेरिकाले नाकाबन्दीको घोषणा गरेको थियो । सिरिया क्षेत्रमा युद्धविरामबारे रसिया र टर्कीबीच सहमति भएको एक दिनपछि अमेरिकाले नाकाबन्दी फिर्ताको घोषणा गरेको हो । सिरियाबाट अमेरिकाले आफ्ना सेना फिर्ता गरेपछि टर्कीले कुर्दमाथि आक्रमण गरेको हो । त्यसपछि अमेरिकामा पनि ट्रम्पको आलोचना भएको छ ।
आफूहरुलाई असर गर्ने खालका कुनै घटना नभएसम्मको लागि नाकाबन्दी फुकुवा गरिएको ट्रम्पले बुधबार ह्वाइटहाउसबाट टेलिभिजन सम्बोधन गर्दै भनेका थिए । युद्धविराम विस्तारको बारेमा रसिया र टर्कीबीच भएको सहमतिको उनले स्वागत गरेका छन् । (बीबीसी)
तपाइँको प्रतिक्रिया