चितवनको मौरी दाङमा चराउन नदिएकोमा विरोध

चितवन, कात्तिक ६ – चितवनका किसानले दाङको तुलसीपुरमा चराउन लागेको मौरी फिर्ता पठाइदिएकामा भन्दै विरोध जनाएका छन् ।भरतपुर महानगरपालिकाका सुभाष घिमिरेसहित ३ जना किसानले चरिचरणका लागि तुलसीपुर उपमहानगरपालिका १९ कुटिचौर लैजाँदा वडाअध्यक्ष र स्थानीय प्रशासनले फिर्ता पठाइदिएको भन्दै नेपाल किसान संघले विरोध जनाएको छ ।
भरतपुरका किसानले २०७२ सालदेखि चरिचरण गर्दै आएको ठाउँमा स्थानीयका १५० गोलला मौरी छ भन्दै स्थानीय सरकारले बाहिरको मौरी रोक लगाउनु अव्यवहारिक र घृणित कार्य भएको संघका अध्यक्ष टंकनाथ पौडेलले बताए ।सरकारले जारी गरेको मौरी प्रवद्र्धन नीति २०७३ अनुसार नेपालको जुनसुकै ठाउँमा विना रोकतोक मौरी चरिचरणका लागि लैजान पाउने व्यवस्था भए पनि त्यसविरुद्ध कार्य भएको भन्दै संघले आपत्ति जनाएको छ । संघले यस्ता घटना फेरि नदोहो¥याउनसमेत चेतावनी दिएको छ ।(अनलाइनखबरबाट)
तपाइँको प्रतिक्रिया