कास्कीमा साझा पार्टीको तर्फबाट रजनी केसी उम्मेदवार

पोखरा, कात्तिक ६ – साझा पार्टीले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा पोखरा निर्वाचन क्षेत्र नम्बर २ का लागि पार्टीको तर्फबाट केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।यही कार्तिक ५ र ६ गते पोखरामा सम्पन्न साझा पार्टीको केन्द्रीय समितिको बैठकले पोखरा महानगरपालिका निवासी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ मा उपनिर्वाचन हुन लागेको हो । साझा पार्टीले उपनिर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पनि विधिविधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने जनाएको छ ।
कास्की क्षेत्र नं २ मा साझा पार्टीको उम्मेदवार रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेकी अभियानकर्ता भएको साझा पार्टीले जनाएको छ ।गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन्। उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।



तपाइँको प्रतिक्रिया