सरकारले माग्यो म्यानपावरसँग कर्मचारीको विवरण

काठमाडौं, कात्तिक ६ – सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई आ–आफ्नो कम्पनीका सञ्चालक तथा कर्मचारीको विवरण बुझाउन निर्देशन जारी गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार त्यस्तो विवरण उपलब्ध गराउन सात दिनको म्याद दिइएको छ । यो अवधिमा मागेको विवरण उपलब्ध नगराए कारोबार बन्द गरिने चेतावनी पनि विभागले दिएको छ ।
विभागका महानिर्देशक भीष्मकुमार भूसालले म्यानपावर कम्पनीलाई निगरानी राख्नका लागि कम्पनी सञ्चालक र कर्मचारीको विस्तृत विवरण माग गरिएको जानकारी दिए ।नियमन गर्न सजिलो हुने भन्दै धरौटी बढाएर म्यानपावरको सङ्ख्या विभागले झण्डै आधामा घटाएको भन्दै उनले ती कम्पनीबाट वैदेशिक रोजगारीमा जाने व्यक्ति अप्ठारोमा नपरून् भनेर कम्पनीको विवरण माग गरिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
तपाइँको प्रतिक्रिया