चितवनमा नै पहिलो पटक अन्तरराष्ट्रिय आइटी. सम्मेलन हुने

कात्तिक ५, चितवन । चितवनको आईटी. क्षेत्रको ईतिहासमा पहिलो पटक अन्तरराष्ट्रिय आइटी वल्र्ड क्याम्प भरतपुर २०१९ सम्मेलन हुने भएको छ। ३०० जना भन्दा बढीको सहभागितामा अन्तर्रािस्ट्रय सम्मेलन यही कार्तिक २३ गते पानोरोमा गार्डन तेरसाल चोकमा आयोजना हुदैछ । वल्र्ड प्रेस भरतपुर कम्युनिटीको आयोजनामा हुने उक्त कार्यक्रममा विश्वका विभिन्न देश तथा नेपालका विभिन्न जिल्लाबाट आइटी सम्बन्धित व्यक्ति तथा विज्ञको सहभागी हुने बताइएको छ ।
उक्त कार्यक्रममा वर्डप्रेसलाई कसरी प्रयोग गर्ने ,यस क्षेत्रबाट उधमी कसरी बन्ने भन्ने बिषयहरुमा छलफल तथा अन्र्तक्रिया हुने आयोजकले जानकारी दिएको छ ।
वर्डप्रेस लाई कसरी प्रयोग गर्ने भन्ने बिषयमा कार्यशालाको साथै आइटी. क्षेत्रमा करीअर बनाउछु भन्ने ब्यक्तिहरुलाई ठुलो अवसर हुने आयोजक संस्थाका इञ्जिनियर सुलभ अधिकारीले बताउनु भयो । यस अन्तरास्ट्रिय सम्मेलनले चितवनको आइ.टी. क्षेत्रको बिकास र सम्भावना लाई उजागर गर्ने बिषयमा सम्मेलन केन्द्रीत रहने अधिकारीको भनाई छ । वर्डप्रेस निःशुल्क र खुल्ला स्रोत व्यक्तिगत प्रकाशन सफ्टवेयर हो जुन वेबमा ७५ मिलियन भन्दा बढी साइटहरू रहेका छन् ।
तपाइँको प्रतिक्रिया