बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना गम्भिर घाइते

उदयपुर,कात्तिक ५ – उदयपुरबाट बिरामी लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित पाँच जना गम्भिर घाइते भएका छन् । पुर्व पश्चिम लोकमार्गको सुनसरीको दुहवीमा उदयपुरबाट बिरामी लिएर बिराटनगर जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित पाँच जना गम्भिर घाइते भएका हुन् ।
प्रहरीका अनुसार, उदयपुरगढी गाउपालिका–४ बाट बिरामी लिएर जाँदै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । विपरित दिशाबाट आएको ट्रकले स १ झ ५२८ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा पाँचै जनाको अवस्था गम्भिर रहेको छ ।
तपाइँको प्रतिक्रिया