भानुआतुको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गयो

कार्तिक ४ – अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जनाएको छ ।
स्थानीय समयअनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो । भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४.५ म्याग्नीच्युडको भूकम्प गएको थियो ।
भूकम्पपछि हालसम्म सुनामीको चेतावनी जारी नगरिएको र धनजनको क्षति पनि भएको छैन । एजेन्सी



तपाइँको प्रतिक्रिया