बाल विवाह रोक्न किशोरी क्लब, सामाजिक अभियान्ताहरुलाई पाँच दिने तालिम

नेपालगन्ज,कार्तिक ४ – बाल विवाह रोक्न सक्रिय रहेका बाँकेका किशोरी क्लबका सदस्य तथा सामाजिक अभियान्ताहरुलाई मनोसामाजिक,यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि पाँच दिने आधारभूत तालिम संचालन भएको छ ।प्लान इन्टरनेशलन नेपाल फिल्ड अफिस नेपालगन्जको सहयोग र स्याक नेपाल बाँकेको आयोजनामा सो तालिम संचालन गरिएको हो ।
तालिमको आज भएको उदघाट्न सत्रमा बोल्नु हुदै प्लान इन्टरनेशलन नेपाल फिल्ड अफिस नेपालगन्जका संरक्षण संयोजक आशा बुढाले यस तालिमबाट सिकेका ज्ञान र सीपलाई आफ्नो बाल विवाह रोकथाम अभ्यासमा लगाउन अनुरोध गरिन् । त्यसै गरि प्लान इन्टरनेशलन नेपाल फिल्ड अफिस नेपालगन्जका एरिया म्यानेजर मिना पराजुलीले आफ्नो जीवनको उद्देश्य बनाई सोही अनुरुप आफ्ना जिवनको बाटो तय गर्नुपर्ने बताए ।
तालिममा बाँके जिल्लाका आठ वटै स्थानीय तहबाट सहभागी भएका थिए । सो स्थानीय तहमा गठन भएको समावेशी किशोरी क्लव राप्ती सोनारी ७, सचेतना किशोरी क्लव कोहलपुर १२ र १३, सिर्जनाशील किशोरी क्लव नरैनापुर ६, उज्जवल किशोरी जानकी ४, लगनशील किशोरी क्लव खजुरा ३ र एकता किशोरी क्लव बैजनाथ १ का बाल क्लवका गरि २७ जना किशोर/किशोरीहरुको सहभागिता रहेको थियो ।



सो तालिमको सहजीकरण अब्बल महिला उद्यमी, काठमाडौंका तालिम निर्देशक निर्जला भट्टराईले गरेकी हुन । सो ५ दिने तालिममा मनोसामाजिकको परिचय, मनोसामाजिक समस्या, पहिचान, किशोरावस्थामा देखिन सक्ने मनोसामाजिक समस्या, मनोसामाजिक सहयोगीकर्तामा हुनु पर्ने गुणहरु, संचार सीपहरु,मनौबैज्ञानिक प्राथमिक उपचार बारे पनि प्रशिक्षण गरिने स्याक नेपालका कार्यक्रम संयोजक जगदिश थापाले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया