पूर्वसभामुख महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं, कार्तिक ३ – काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको छ ।न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो । संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ ।
यस्तै महरामाथि यौन दुर्व्यवहारको जाहेरी दिने पीडित महिला इजलास समक्ष प्रहरीले करकाप गरेर जाहेरी दिन लगाएको व्यहोराको निवेदन पेश गरेकी छन् ।



तपाइँको प्रतिक्रिया