दार्जिलिङलाई पराजित गर्दै जावलाखेल क्वाटरफाइनलमा

चितवन, कार्तिक ३ – युनाइटेड फूटबल क्लब दार्जिलिङलाई पराजित गर्दै ‘ए’ डिभिजन क्लब जावलाखेल फूटबल क्लब ललितपुर टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नारायगढको क्याम्पाचौरमा आज (आइतबार) सम्पन्न खेलमा दार्जिलिङलाई ३–१ गोलअन्तरले पराजित गर्दै जावलाखेलले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
जावलाखेललाई जिताउन सुजित बुढाथोकीले २ तथा शक्ती राईले एक गोल गरे । दार्जिलिङका लागि शुभम क्षेत्रीले एक मात्र गोल गरे । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा जावलाखेलले केही सुन्दर अवसर खेर फालेको थियो ।
दोस्रो हाफको १७ औं मिनेटमा जावलाखेलले अग्रता लियो । सुजीत पासमा शक्ति राईले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । जावलाखेलका लागि सुजीत बुढाथोकीले दोस्रो गोल गरे । २–० ले पछि परेको युनाइटेड एफसी दार्जिलिङले दोस्रो हाफको ३८ औं मिनेटमा जावलाखेलको अग्रता २-१ मा झारे । उसका लागि शुभम क्षेत्रीले गोल गरे । इञ्जुरी समयमा सुजीतले ब्यक्तीगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछी जावलाखेल ३-१ ले बिजयी भयो । खेलको म्यान अद द म्याच जावलाखेलमा सुजित घोषित भए । उनले दुई गोल गर्नुको साथै एक असिस्ट गरेका थिए । उनले म्यान अफ द म्याच बन्दै १० हजार पुरस्कार प्राप्त गरे । ।



सेमीफाइनल प्रवेशका लागि अब जावलाखेलले अर्को ए डिभिजन क्लब संकटाको सामना गर्नेछ ।प्रतियोगिता अन्तर्गत भोली (सोमबार) दुई बिभागीय टोलीहरु नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् । आर्मी बाइ पाएको टिम हो भने एपीएफ झापा–११ लाई पराजित गर्दै अघि बढेको टिम हो ।
नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।
नारायणगढ जेसीजले आयोजना गर्ने जेसिस कप र विकास शिल्ड समितिले आयोजना गर्ने ‘विकास रनिङ शिल्ड’ लाई मर्ज गरेर नारायणगढ जेसिजले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ३ हजार ३३ रुपैयाँ प्राप्त गर्नेछ ।
तपाइँको प्रतिक्रिया