डेढलाख नगद सहित ८ जुवाडे भरतपुरबाट पक्राउ

कात्तिक ३, चितवन। चितवन प्रहरीले आज बिहान डेढलाख नगदसहित ८ जना जुवाडेलाई भरतपुरबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ अमनचोक स्थित शिवलाल कुमालको घरमा जुवा तास खेलाईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले नगद एकलाख पचासहजार पचहत्तर रुपयाँ सहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया