‘बादशाह जुट’ को ‘सुसाइड गीत’

चितवन, कार्तिक १ – यही कार्तिक १५ गते प्रदर्शन हुने चलचित्र ‘बादशाह जुट’ को गीत सार्वजनिक भएको छ । चलचित्रको नजिकिएको प्रदर्शन मितीलाई मध्यनजर गर्दै चलचित्रमा समावेश ‘सुसाइड गीत’ सार्वजनिक भएको हो ।
आज (शुक्रबार) सार्वजनिक भएको गीतमा माया प्रेमको कुरा गरिएको छ । गीतमा कोशिस क्षेत्री र रुपक डोटेलको आवाज रहेको छ । जोनी सिंह रानाको शब्द रहेको गीतमा गायक क्षेत्रीको संगीत रहेको छ ।
गीतको भिडियोमा बिक्रम स्वारको कोरियोग्राफी रहेको छ । भिडियोमा चलचित्रमा मुख्य कलाकारहरु फिचर्ड रहेका छन् । एच एण्ड बि फिल्मस् प्रा.लि.र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा सुशिल श्रेष्ठ, आमिर गौतम, केइशा रावत, रोबिन तामाङ, रोशी खड्का, कमलमणी नेपाल आदिको मुख्य अभिनय रहेको छ ।



‘काफल पाक्यो’ बोलको गीतमा ठुम्का लगाएकी अभिनेत्री प्रियंका कार्कीको भने चलचित्रमा बिशेष भूमिका मात्र रहेको छ । चलचित्रमा हर्क कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की) को निर्माण रहेको छ । उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको चलचित्रमा दिर्घ खड्काको सम्पादन रहेको छ ।
तपाइँको प्रतिक्रिया