चितवनमा भोली जेड एस बिधुतिय कारको टेस्ट ड्राइभ

चितवन, कार्तिक १ – चितवनमा एमजीको जेड एस बिधुतिय कारको टेस्ट ड्राइभ हुने भएको छ । एमजीको लागि चितवनको आधिकारिक बिक्रेता अर्क मोटर्स भरतपुर ओरालोले भोली (शनिबार) जेड एसको टेस्ट ड्राइभ गर्न लागेको संचालक सुरज सेढाईले जानकारी दिए ।
भोली बिहानबाटै जेड एसको टेस्ट ड्राइभ शुरु हुने उनले बताए । उक्त कारका बारे जान्न ईच्छुकहरुले टेस्ट ड्राइभ गर्न सक्ने उनले बताए । टेस्ट ड्राइभसँगै भोलीबाट नै कारको बुकिङ पनि शुरु हुने उनले बताए । उक्त गाडीको बुकिङ मुल्य ४९ लाख रहेको उनले जानकारी दिए ।
एमजीको बिधुतिय कारको नेपालभर नै राम्रो माग रहेको सेढाईले बताए । यसको चितवनमा पनि माग उच्च रहेको उनको भनाई छ । एमजीको जेड एस नेपाली बजारमा हालै मात्र लन्च भएको हो । यसमा साँढे ४४ किलोवाटको ब्याट्री रहेको उनले बताए । उक्त कारलाई एक पटक फुल चार्ज गरेर ४२८ किलो मिटर सम्म चलाऊन सकिनेछ ।



घरमा भएको सामान्य एसी प्लकबाट ७ वाटमा चार्च गर्दा ७ घण्टामा फुलचार्ज हुनेछ । यस्तै डिसी प्लकबाट चार्ज गर्दा करिब ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुनेछ । उक्त कारमा पञ्चरलेस टायर प्रयोग गरिएको छ । ब्रिटिश ब्राण्डको उक्त गाडी संसारभर नै निकै प्रख्यात रहेको छ ।
तपाइँको प्रतिक्रिया