प्रथम राप्ती महोत्सवले समग्र चितवनकै मौलिकता झल्काएको छ : ‘प्रचण्ड’

चितवन,कार्तिक १ – पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टि नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले महोत्सवले समग्र चितवनकै मौलिकता झल्काएको बताएका छन् । राप्ती नगरपालिका र उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा प्रथम राप्ती महोत्सवको उदघाटनमा प्रचण्डले देशभरी मात्रै नभई अन्तर्राष्ट्रिय रुपमा चिनाउने नेपालमा राप्ती नगरपालिका केही साँस्कृतिक, आर्थिक, भौगोलिक, पर्यटकीय, मौलिकता र विशेषता सहितको नगरपालिका रहेको व्यक्त गरे । महोत्सवको बिहिबार एक समारोहका बीच प्रचण्डले उदघाटन गरे ।
पुर्वी चितवन आफैमा सम्भावना नै सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रबद्र्धन र बिकासका लागि संघ, प्रदेश तथा स्थानीय सरकारले कुनै कसुर बाँकि राख्न नहुने उनको तर्क छ । जनप्रतिनिधि, राजनितिक दल, उद्योगी ब्यवसायीसँग सहकार्य गरेर अघि बढेमा नगर सम्बृद्ध बन्न समय नलाग्ने उनले भने, ‘राप्ती नगरपालिकाले महोत्सवमा आफ्नो पहिचान स्थापित गरेको छ ।
सो अवसरमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथी गृहमन्त्री रामबहादुर थापाले देशको विकासको लागि औद्योगिकरणको स्थापना हुनुपर्ने बताए । थापाले छिटोभन्दा छिटो देशमा पुर्वाधारहरु विकास गर्ने र त्यसको लागि उर्जाको आवश्यक रहने जनाए । थापाले भने,’चितवनले पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलेको छ । राप्ती महोत्सवले समृद्धि विकासको लागि साथै व्यापार, व्यवसायमा राम्रो सफलता हासिल गरेको थापाले बताए ।



राप्ती नगरपालिकामा पहिलो पटक आयोजना गरिएको महोत्सव कार्तिक ९ गतेसम्म चल्नेछ । २५० वटा स्टल रहेको महोत्सवमा कृषि, अटो, आइटी परिसर, बाल उद्यान, साँस्कृतिक घरहरु, सेल्फि जोन लगायत आकर्षणहरु रहेका छन । महोत्सवमा दैनिक चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछ ।
कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे,प्रदेश नं. ३ का कृषि तथा भुमि ब्यवस्था मन्त्री दावादोर्जे लामा, नगरपालिकाका मेयर प्रभा बराल, उद्योग बाणिज्य महासंघका सदस्य तिलचन्द्र भट्टराई,नेपाली कांँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया