अब सञ्चारकर्मीद्वय लामिछाने र कँडेलले विदेश जान अदालतको अनुमति लिन नपर्ने

काठमाडौं, असोज ३० – उच्च अदालत पाटनको हेटौंडा इजालसले पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा मुछिएका चर्चित कार्यक्रम ‘सिधा कुरा जनता सँग’ का प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको पक्षमा सुनुवाई गरेको छ । सञ्चारकर्मीद्वय लामिछाने र कँडेलले जिल्ला अदालत चितवनको आदेश विरुद्ध पेस गरेका निवेदनमा उच्च अदालत पाटनको हेटौंडा इजालसले उनीहरुको पक्षमा विहीबार सुनुवाई गरेको हो ।
उच्च अदालत पाटनकाृ हेटौंडा इजालसले सञ्चारकर्मी लामिछाने र कँडेलको पक्षमा सुनुवाई गर्दै धरौटी माग गर्ने आदेशलाई सदर गरेको छ, भने विदेश जान अनुमति लिनुपर्ने, कार्यक्रम सञ्चालन गर्न नपाउने लगाएतका जिल्ला अदालतको सर्तहरुलाई भने बदर गरेको छ । यो सँगै लामिछाने र कँडेलले विदेश जान अदालतको कुनै अनुमति नचाहिने भएको छ ।
गत भदौ २३ गते लामिछाने र कँडेलले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत हेटौंडामा निवेदन पेस गरेका थिए । शालिकराम पुडासैनी प्रकरणमा लामिछाने पाँच लाख तथा कँडेल तीन लाख धरौटीमा रिहा भएका थिए । यसै मुछिएकी अस्मिता भनिने रुकु कार्की भने साधारण तारेखमा रिहा भएकी थिइन् ।



तपाइँको प्रतिक्रिया