अराजक र प्रतिगामी तत्वबाट पार्टी खतरामा ः अध्यक्ष प्रचण्ड

असोज ३०, चितवन। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टी देखिएको अराजक शैली र प्रतिगामी तत्वबाट पार्टीमा खतरामा पर्दै गएको बताएका छन । बढेको बताएका छन ।
नेकपा चितवनले आज भरतपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पछिल्लो समय आफ्नै पार्टीमा अराजकता र प्रतिगामी तत्व हाबी भएको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष प्रचण्डले यस्तै अराजक र प्रतिक्रिया वादी तत्व बढ्दै कम्युनिष्ट पार्टी सोभियत सघको जस्तै परिणाम हुने तर्क गरे ।
‘कम्युनिष्ट पार्टीलाई अरु कसैले त हल्लाउन सक्दैन, उनले भने, आफ्नै पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक कै खतरा छ ।’ कम्युनिष्ट आर्दशबाट बिस्तारै स्खलित हुंँदै गएको भन्दै ७० बर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु पार्टीकै जिम्मेवारी र दायित्व भएको बताए । आफू संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै उनले त्यसको रक्षा र संरक्षणमा गम्भिर बन्नुपर्ने धारणा राखे । प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा पार्टीका नेताले अलि बढी हेलचक्राई , लापरवाही ंया अलि बढी व्यक्तिवादी हुदै गएकोमा चिन्ता लागेको बताए ।
।
पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुदै गएको भन्दै उनले भने, ‘पार्टीको अनुशासन नमान्ने तर गुटको अनुशासन मान्ने गरेका कारण पार्टीमा खतरा बढेको छ ।’ कार्यक्रममा उनले पार्टीका नेता कार्यकर्ताले समीक्षा, आत्मआलोचना गर्नुपर्ने विषयमा समय खर्चिएका थिए ।
परिवर्तन र समाजवादको महानयात्रामा कहीं कतैबाट अप्ठेरो हुन्छ भने त्यो आफैंबाट हुने दाहालको भनाई थियो ।
दाहालले कहिलेकांँहींँ क्रान्तिको केन्द्र ठीक ढंगले पार्टी ,नेता र कार्यकर्ताले आत्मसात गर्न सकेनन भने त्यो प्रतिक्रान्तिको समेत खतरा हुने बताए ।
पछिल्लो समय प्रतिगामी खेल्ने ठाउंँ चितवन बनेको भन्दै उहांँले अराजकता फैलाउनेमा पार्टीका समर्थक, शुभचिन्तकपनि पछि लागेको सुनेको र देखेको भन्दै चिन्ता व्यक्त गरे ।
चिनियांँ राष्ट्रपतिले त्यहांँका कम्युनिष्ट नेता कार्यकर्ताको अनुशासनका बारेमा सुनाउंँदा आफूलाई यहांँको अवस्था देख्दा लज्जित हुनुपरेको समेत उनले बताए ।
सो अवसरमा बोल्दै विशिष्ट अतिर्थि ृहमन्त्री रामबहादुर थापाले देशलाई समाजवादतिर जान रोक्न अराजकतत्व लागिरहेको बताए । विकास र समृद्धिका मार्गमा अप्ठ्यारो पार्ने प्रवृति समाजमा रहेको भन्दै उनले लक्ष्यप्राप्ति र नयांँ परिवेशमा देशलाई लैजान सबैको सहकार्य आवश्यक रहेको बताए । यस्ता कार्यक्रमले समझादारी, भातृत्व निर्माण गर्ने बताउंँदै उनले एकताबाटनै विजय प्राप्त हुने उनको भनाई थियो । प्राप्त उपलब्धीलाई सस्थागत र सरक्षण गर्ने दायित्व भएको बताउंँदै उनले अब समाज निर्माणको अवसर आएको बताए ।
कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपाका प्रदेश नम्बर ३ पार्टीका प्रदेश नम्बर ३ का सहइन्चार्ज काशीनाथ अधिकारी, प्रदेश नम्बर ३ का पार्टी अध्यक्ष नारायण दाहाल , नेपाली कांँग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम पार्टीका चितवन अध्यक्ष यम बहादुर परियारको सभापतित्वमा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया