माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक किशाेरीको मृत्यु, दुई घाइते

धनुषा, असोज ३० – धनुषामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर बिहीबार एक किशाेरीको ज्यान गएको छ भने अन्य दुई महिला घाइते भएका छन् ।ज्यान गुमाउनेमा धनुषाधाम नगरपालिका-२ बस्ने श्रीप्रसाद यादवीकी १३ वर्षीया छोरी अञ्जली कुमारी यादव रहेकी छिन् ।
माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी अञ्जलीलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटामै ज्यान गएको इलाका प्रहरी कार्यालय धनुषाले जनाएको छ ढिस्कोमा परेर धनुषाधाम–२ की रिंकु यादव र ममता महतो घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया