सी भ्रमणका क्रममा सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने
काठमाडौं, असोज २३ – चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका क्रममा सुर्पुदगी तथा पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर नहुने भएको छ ।आज प्रधानमन्त्रीले आयोजना गरेको पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला छलफल हुने विषयबारे जानकारी गराईको हो ।
छलफलमा सुर्पुदगी तथा पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर नहुने भएको जानकारी गराइएको थियो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अरुदेशसँग पनि सुपुर्दगी सन्धीबारे छलफल चलिरहेको बताउँदै अहिलेको भ्रमणमा भने सन्धीमा हस्ताक्षर नहुने स्पष्ट पारेका हुन ।
सीको भ्रमणका बेला सुपुर्दगी सन्धीमा हस्ताक्षर हुने चर्चा चलेपछि अमेरिका सशंकित बनेको समाचार यसअघि नै सार्वजनिक भएको थियो ।‘चीनले सीको यो भ्रमणका क्रममा सुर्पुदगी सन्धिमा हस्ताक्षर गर्न निकै जोड दिएको थियो ।सन् २००९ मा तत्कालीन प्रधानमन्त्री प्रचण्ड चीन जाँदा सुर्पुदगी सन्धि गर्ने प्रस्ताव राखेको थियो भने तीन वर्षअघि सन्धिको मस्यौदा नेपाललाई दिएको थियो ।
अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओली चीन जाँदा सन्धि अगाडि बढाउने समझदारी भएको थियो । अधिकारीहरुकाअनुसार सन्धिको मस्यौदालाई अन्तिम रुप दिन हालै मात्र दुई देशका अधिकारीहरुबीच छलफल पनि भएको थियो ।तर चिनियाँ राष्ट्रपति सीको आसन्न भ्रमणका क्रममा सन्धिमा हस्ताक्षर नहुने भएको छ ।
तपाइँको प्रतिक्रिया