पक्राउ पर्दै कृष्णबहादुर महरा, प्रहरी पुग्यो उनको निवास बालुवाटार
काठमाडौं, असोज १९ – आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पक्रन प्रहरी उनको निवास बालुवाटार पुगेको छ। आइतबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर प्रहरी महरालाई पक्रन उनकै निवास पुगेको हो।
केही बेरमै उनलाई प्रहरीले पक्राउ गर्नेछ। बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।शाहीको उजुरी पछि प्रहरी आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारीमा रहेको छ।महराले गत सोमबार राजीनामा सभामुख पदबाट राजीनामा दिएका थिए।
तपाइँको प्रतिक्रिया