थाइल्याण्डका न्यायाधीशले अदालतभित्र आफैंलाई गोली हाने
असोज,१९ – थाइल्याण्डमा एक न्यायाधीशले अदालतभित्र आफैंलाई गोली हानेका छन् । यला प्रान्तीय अदालतका न्यायाधीश कनिकन फिएन्चनाले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् ।
शुक्रबार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश फिएन्चनाले हत्या र अवैध बन्दुक राखेको आरोपमा पक्राउ परेका पाँच मुस्लिम पुरुषलाई सफाइ लिएका थिए । लगतै न्यायापालिका निष्पक्ष हुनुपर्छ भन्दै न्यायिक सपथ बाचन गरेका उनले अचनाक बन्दुक निकालेर आफ्नै छातीमा गोली हानेका हुन् ।
फिएन्चना, यला प्रान्तको अदालतका न्यायाधीश हुन् । यला क्षेत्र विद्रोहबाट प्रभावित दक्षिण थाइल्याण्डमा पर्छ ।न्यायाधीश फिएन्चनाले पाँच जनालाई सफाइ लिएपछि इजलासमा भावुक सम्बोधन । फेसबुकमा प्रत्यक्ष प्रशारण समेत गरेका थिए । उनले भनेका छन्, पाँच प्रतिवादीले अपराध गरेका होइन भनेर म भनिरहेको छैन । उनीहरुले गरेका हुनसक्छन । तर न्यायिक प्रक्रिया पारदर्शी र विश्वसनीय हुनुपर्छ । गलत व्यक्तिलाई दण्ड दिँदा उनीहरु बलिको बोका मात्र हुनसक्छन् ।’
अदालतमा उपस्थित प्रत्यक्षदर्शीहरुकाअनुसार उनले दिवंगत थाई राजाको तस्वीरअघि न्यायिक सशत बाचन गरेका थिए । लगतै आफैंलाई गोली हानेका हुन् । उनको एउटा अस्पतालमा उपचार भइरहेको छ । घटनापछि उनले लेखेको एउटा विज्ञप्ति भेटिएको छ, जसमा आत्महत्या गर्न खोज्नुको कारण उक्त मुद्दामा भएको बाहृय हस्तक्षेप हुनसक्ने संकेत गरिएको छ । एजेन्सी
तपाइँको प्रतिक्रिया