चितवनमा पोल्ट्रीफार्मको सुलीले भरिएको खाल्डोमा डुबेर एकको ज्यान गयो
चितवन, असोज १८ – चितवनको खैरहनीमा पोल्ट्रीफार्मको सुलीले भरिएको खाल्डोमा डुबेर एक जनाको ज्यान गएको छ । खैरहनी नगरपालिका–१ सिमलघारीमा रहेको खनाल पोल्ट्रीफार्मको सुली राख्न बनाएको खाल्डोमा डुबेर सोही फार्मका कर्मचारी मृत्यु भएको हो । आज दिउँसो सुली सफा गर्न जाने क्रममा सोही सुलीमा डुबेर भरतपुर–११ का सूर्यबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले सुलीबाट कार्कीको शव निकाल्ने तयारी भइरहेको छ ।
तपाइँको प्रतिक्रिया