दशैंमा नेपाल प्रहरीको पनि निःशुल्क बस सेवा

एटुजेड समाचार

काठमाडौं, असोज १८ – नेपालीहरुको महान पर्व दशैंको अवसरमा नेपाल प्रहरीले पनि सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।महाअष्टमी, महानवमी र विजयादशमीको दिन प्रहरीले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार दुई वटा रुटमा प्रहरीको बस सञ्चालन हुनेछ । ती बस बिहान ११ बजेदेखि ४ बजेसम्म चल्नेछ ।यस अघी नेपाली सेना र सशस्त्र प्रहरी बलले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु