सप्तरी,असोज १८ – सप्तरीको खड्ग नगरपालिकामा जंगल क्षेत्रबाट आएको स्यालले टोक्दा आधा दर्जन बढी व्यक्ति घाइते भएका छन् ।
शुक्रबार राति प्रवेश गरेको स्यालको टोकाइबाट खड्ग नगरपालिका–११ स्थित लालपुरमा आधा दर्जन गाउँले घाइते भएका हुन् । स्यालको टोकाइबाट ४० वर्षीया गुलावी देवी रौनियार, २५ वर्षीय अमेरिकादेवी साह, ८ वर्षीय गोविन्द साहदथाष्त घाइते भएका छन् । कल्याणपुरस्थित नीजि अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।


