राष्ट्रिय मानवअधिकार आयोग दशैं बिदामा पनि खुला रहने
काठमाडौं,असोज १७ – राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय दशैंमा पनि खुला रहने भएको छ ।
आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालय आगामी दशैं, तिहार तथा छठ बिदाका दिनमा दिउँसो ११ देखि २ बजेसम्म खुला रहने भएका छन् ।
आयोगले पर्वका अवधिमा मानवअधिकार उल्लंघन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको आकस्मिक अनुगमन समेत गर्ने जनाएको छ ।
तपाइँको प्रतिक्रिया