वीरगञ्जमा ४० बर्षिय रिक्सा चालकको मृत्यु

एटुजेड समाचार

वीरगञ्ज,असोज १७ – एक जना रिक्सा चालकको वीरगञ्जमा मृत्यु भएको छ । अन्दाजी ४० बर्षिय मकवानपुर घर भएका गोकुल नेपालीको मृत्यु भएको हो ।

वीरगञ्ज महानगरपालिका-८ पानीट्याङकीस्थित आदित्य रिक्सा ग्यारेजमा बिहीबार बेलुका उनी अचेत अवस्थामा रहेको खबर पाए लगत्तै प्रहरी टोली पुगेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले नेपालीलाई अस्पताल लगेका थिए । नारायणी अस्पतालमा उपचारको क्रममा नेपालीको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले बताए । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु