आज बडादशै अन्तर्गत नवरात्रको छैटौं दिन : कात्यायनी माताको पूजा गरिँदै
काठमाडौं, असोज १७ – आज (शुक्रबार) नेपालीहरुको महान पर्व बडादशै अन्तर्गत नवरात्रको छैटौं दिन । आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।
देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको मानिन्छ । शक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छिन् ।
बडादशैंमा घटस्थापनादेखि नवमीसम्म हरेक दिन एक एक शक्तिमाताको विशेष पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गरिन्छ ।आज बिहानै देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।
तपाइँको प्रतिक्रिया