दक्षिण कोरियामा आँधीका कारण ६ जनाको मृत्यु

एटुजेड समाचार

बुसान,असोज १७ – दक्षिण कोरियाको विभिन्न ठाउँमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहिवार दिएको जानकारी अनुसार आँधीका कारण अरु केही हराइरहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।

राति आएको आँधीसँगै देशका विभिन्न स्थानमा अत्यधिक बर्षा पनि भएको छ । देशको दक्षिणी क्षेत्रमा बुधबार राति आँधी आएको थियो भने बाढी, पहिरोको चेतावनी समेत दिइएको थियो । आँधीका कारण मृत्यु हुनेमा एक जना ७० वर्षीया महिला रहेको अधिकारीहरुले जनाएका छन् । देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने पोहाङमा उनलाई शक्तिशाली हावाले उडाएको थियो ।

अत्यधिक बर्षाका कारण भत्किएको घरले पुरिएर अर्की एक महिलाको मृत्यु भएको समाचारमा जनाइएको छ । उनको घरमै सुतिरहेका बेला मृत्यु भएको गृह तथा सुरक्षा मन्त्रालयले जनाएको छ ।

अरूको पनि देशका विभिन्न ठाउँमा मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको छ । प्रभावित क्षेत्रमा ६ सय भन्दा धेरै उद्धारकर्मीहरु खटिएका छन् । उनीहरुले विपद्मा परेका नागरिकको खोजी तथा उद्धार गरिरहेका छन् । उनीहरुले कम्तीमा चार जना भग्नाबशेषमा पुरिएको अनुमान् गरेका छन् ।रासस\एएफपी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु