बालबालिकाको अवस्था गम्भिर, कम उमेरमा विवाह गर्ने संख्या वृद्धि
नेपालगन्ज,असोज १६ – नेपालगन्ज उपमहानगर स्तरिय बाल क्लब संजालले बाँकेमा बालबालिका सम्बन्धी कार्यक्रमहरु गर्दै आएका छ । संजालले यो महिनामा पनि बालअधिकारको अवस्था चुनौती र अवसर सम्बन्धी नेपालगन्जका सरोकारहरुसंग सवांद कार्यक्रम सम्पन्न गरेको छ । संजालले कम उमेरमा विवाह गर्ने संख्या एकदम बढीरहेको र बालबालिकालाई सुरक्षा नभएको भन्दै त्यसलाई न्युनिकरण गर्नको लागि स्थानिय निकायले महत्त्वपूर्ण योगदान रहने सम्बन्धी बिषयमा सवांद गरिएको थियो ।
बाल क्लब संजालका बालबालिकाले जिल्ला प्रहरी बाँके कार्यलयका प्रमुख बिर बहादुर ओलि, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा, नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष नन्दलाल वैश्य, उद्योग वाणिज्य संघका उप महासचिब तारा रोकाय र अधिवक्ता विश्वजित तिवारी बिच सवांद गरिएको हो ।
बालबालिकाका अवस्था, चुनौती र अवसर विषयकमा सरोकारवाला नेपालगन्जका मेयरले अब आउने हरेक ३/ ३ महिनामा सरोकारवाला बिचमा संवाद गर्ने घोषणा गरेका छन् । उनले आगामीका दिनहरुमा बालबालिकाको बिकास गर्नलाई आफु सदैव सकारात्मक भएको बताए । बाँके जिल्लाका प्रहरी कार्यालय प्रमुख बिर बहादुर ओलिले २० वर्ष मुनिका बालबिवाह प्रति कडा भन्दा कडा कानुनी कारवाही र प्रतिबन्ध लगाईएको जनाए । यसको उल्लंघन गर्नेलाई कारवाहीमा लिने र लिर्दै आएको ओलिले जानकारी गराए ।
त्यसै गरी अधिवक्ता विश्वजित तिवारीले बालबालिका सम्बन्धी ऐन कानुनीबारे जानकारी गराएका थिए । उनले कम उमेरमा विवाह गर्दा कस्तो कानुनी सजाए रहेको छ भन्ने बारे जानकारी गराएका हुन् । कानुनमा उल्लेख भए अनुसार प्रत्येक बालबालिकालाई सम्मानपुर्वक बाच्न पाउने अधिकार हुने र नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहले बालबालिकाको बाँच्न पाउने अधिकार र बालबालिकाको विकासको लागि बालबालिकामा हुन सक्ने दुर्घटनाको रोकथाम,जोखिमको न्युनिकरण लगायतका प्रतिरोधात्मक र सुरक्षा सेवाको लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्ने अधिवक्ता तिवारीले जनाए । सो कार्यक्रमलाई बास,सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, यसडिएफकले सहयोग गरेको थियो ।
तपाइँको प्रतिक्रिया