भरतपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु
चितवन, असोज १६ – आइतबार साँझ भरतपुरको मिलनचोकमा मोटरसाइकलले ठक्करबाट घाइते भएका एक पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका पैदलयात्री भरतपुर मिलनचोकका ८२ बर्षिय उमाकान्त गैरेको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज (बिहिबार) बिहान सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनको शव अहिले पोस्ट मार्टमको लागि भरतपुर अस्पातल लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ । उनलाई आइतबार साँझ ६ बजे पुर्बबाट पश्चिम तर्फ आउदै गरेको ना ४८ प ५००६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
तपाइँको प्रतिक्रिया