उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य बोकेको नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं, असोज ७ – नेपाल साफ यू-१८ च्याम्पियनसिपको समूह चरणबाट नै बाहिरिएको छ ।समूह ‘ए’ को अन्तिम खेलमा भुटान र माल्दिभ्सबीचको खेल गोलरहित बराबरी भएपछि नेपाल समूह चरणबाट नै बाहिरिएको छ ।
हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा भुटानले माल्दिभ्सलाई कम्तीमा चार-शून्यले हराएमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहेको थियो । तर त्यसको विपरीत भुटान र माल्दिभ्सबीचको खेल गोलरहित बराबरीमा सकियो । जसका कारण साविक विजेता नेपाल घरेलु मैदानमा समूह चरण पार गर्न सकेन । यसैबिच प्रतियोगितामा नेपालले खराब प्रदर्शनसँगै नेपाली राष्ट्रिय यू-१८ फुटबल टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
तपाइँको प्रतिक्रिया