गोबर ग्याँसको ओभरफ्लो पानी जम्मा भएको खाडलमा परि बालकको मृत्यु
पोखरा, असोज ६ – गोबर ग्याँसको ओभरफ्लो पानीमा डुबेर पर्वतमा एक जनाको मृत्यु भएको छ । फलेबास नगरापलिका ७ कुर्घामा गोबर ग्याँसको ओभरफ्लो पानीमा डुबेर डेढ वर्षीय रेगम नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालीको आफ्नो घर नजिकैको गोबर ग्याँसको ओभरफ्लो पानी जम्मा भएको खाडलमा परि बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकलाई खाडलबाट झिकेर धुलिखेल अस्पताल पर्वतमा ल्याइएको तर प्रहरीले पहिले नै मृत घोषण गरेको प्रहरीले जनाएको छ ।रातोपाटीबाट
तपाइँको प्रतिक्रिया