चितवनमा डेढ अर्बको केरा कारोबार ःउत्पादन छ, बजार छैन

सूर्यप्रसाद अधिकारी, असोज ६,चितवन । चितवनमा गत आर्थिक बर्ष ०७५÷०७६मा १ अर्ब ५० करोडको केराको कारोबार भएको छ । नेपाल केरा उत्पादक संघले सो अबधिमा ५३ हजार मेट्रिक टन केरा उत्पादनबाट उक्त कारोबार भएको जानकारी दिएको छ । जुन देशभरीकै उत्पादनको एकतिहाई उत्पादन हो ।
चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार किसानको संख्यासंँगै क्षेत्रफल विस्तार संँगै केरा उत्पादनमा बृद्धि हुदै गएको हो ।
चितवनमा २०५१ सालबाट व्यावसायिक रुपमा सुरु भएको केराखेती अहिले ३ हजार बिघामा फैलिएको छ । संघमा ७ सय भन्दा बढी कृषक आवद्ध रहेको महत्तोले बताए । अघिल्लो आव २०७४।७५ मा २ हजार ७ सय बिघामा केराखेती भएको थियो ४७ हजार मेट्रिक टन केरा उत्पादन भएको थियो भने ६ सय५० को हाराहारीमा व्यवसायिक केरा किसान रहेका थिए । उक्त बर्ष १ अर्ब ३० करोड बराबरको केराको कारोबार भएको थियो । किसानको बगानमै जात र गुणस्तर अनुसार केरा प्रतिकोसा २ रुपैयाँदेखि ६ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । बिशेषगरी यहांँ मालभोग, जीनाइन, विलियम हाइब्रीड जातको केराको उत्पादन हुदै आएको छ ।
पूर्वी चितवनबाट सुरु भएको केरा व्यवसाय जिल्लाका अधिकांश भागमा केरा खेती गरिदै आएको छ । पछिल्ला बर्षहरुमा भरतपुर महानगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका लगायतका विभिन्न स्थानमा केराखेती गर्ने किसान थपिएका छन ।
महानगरको जगतपुर, मेघौली क्षेत्र केराको पकड क्षेत्र मानिन्छ भने पूर्वी चितवनको पदमपुरमा ८ सय बिघामा केराखेती भइरहेको संघको तथ्यांकले देखाउंँछ । यसैगरी रत्ननगर नगरपालिकामा ७ सय बिघा, चैनपुरमा ३ सय बिघा, जुटपानीमा पनि ३ सय बिघा र ठिमुरामा १ सय बिघामा व्यावसायिकरुपमा केराखेती संघका अध्यक्ष महतोले जानकारी दिए । ३ हजार बिघामध्ये ५ सय बिघामा हरियो केरा उत्पादन हुन्छ भने बाँकी क्षेत्रफलमा मालभोग जातको पहेँलो जातको केरा लगाइएको छ ।
उत्पादन छ , बजार छैन
केराको व्यवसायिक उत्पादन भएपनि बजार व्यवस्थापन राम्रो नभएको केरा किसानले बताउंँदै आएका छन । देशमा माग भएको ६० प्रतिशत केरा भारतबाट आउने भएकोले उनीहरु चिन्तित भएका हुन । सस्तो मुल्यमा भारतबाट केरा आउने र विचौलियाका कारण किसानले उपयुक्त बजार पाउन नसकेको संघका अध्यक्ष महत्तोले बताए । माग राम्रो भएपनि उत्पादनमा अपेक्षित रुपमा बृद्धि गर्न नसकिएको उनको भनाई छ । उनका अनुसार जग्गा अभाव, श्रमिक अभाव भएका कारण पनि समस्या भएको हो । नेपालमा उत्पादन हुने ४० प्रतिशतमध्ये १५ प्रतिशत चितवनमै उत्पादन हुने गरेको महत्तोको भनाई छ । उनका अनुसार उत्पादन मध्ये ८ प्रतिशत जिल्लामा खपत हुने गरेको छ भने बांँकी उतपादन जिल्ला बाहिर जाने गर्दछ । उत्पादन र बिक्री राम्रै भएपनि सिंचाई र मलको अभाव र बेला बेलामा आउने रोगको कारण केराखेती बिस्तार गर्न नसकिएको संघका पूर्व अध्यक्ष यज्ञ सुबेदीले बताए । उनका अनुसार पहेंलो जातको स्थानीय मालभोग केराको बिक्री राम्रै भएपनि अधिकांश हरियो केरा भारतबाट आउने गरेको छ । ‘भारतबाट ९५ प्रतिशत अनुदानको केरा भित्रिन्छ, उनले भने , हामीले प्रतिस्पर्धा गर्नै सक्दैनौं’।
तपाइँको प्रतिक्रिया