देशभर अण्डाको उत्पादन बढ्यो, मासु उत्पादन घट्यो
सूर्यप्रसाद अधिकारी असोज ६, चितवन । पोल्ट्रीको राजधानी मानिएको चितवनमा पछिल्लो समय अण्डाको उत्पादन बढ्दै गएको छ भने , ब्रोइलर मासुको उत्पादन घट्दै गएको छ ।
ब्रोइलर किसानहरु लेर्यस पालनमा आर्कषित भएपछि अण्डाको उत्पादन बढ्दै गएको हो भने मासुको उत्पादन घटेको हो । तथ्यांक अनुसार देशभर अण्डाको उत्पादन दैनिक २२ लाखबाट बढेर ३० लाख गोटा उत्पादन हुदै आएको छ भने मासु उत्पादनमा ४० प्रतिशत गिरावट आएको छ । यसअघि दैनिक देशभर ८ लाख केजी मासु उत्पादन हुदै आएको थियो । सानो लगानी गरेर बो्रइलर कुखुरामा फाईदा नभएपछि लेयर्स पालनमा आकर्षित भएको किसान ,व्यवसायी बताउंँछन ।
नेपाल कुखुरापालक संघका केन्द्रीय अध्यक्ष झनक पौडेल बा्रेइलरपालक किसान घटेसंँगै मासु उत्पादनमा गिरावट आएको बताउंँछन । ‘पछिल्लो समय दानाको मुल्यपनि बढ्यो, उनले भने, ब्रोइलरमा रिस्क पनि बढी हुन्छ ।’ उनका अनुसार बा्रेइलर कुखुरामा फाइदा नहुने भएपछि बा्रेइलर किसान घट्दै गएका हुन । जसका कारण १८ वटा जिल्लामा फैलिएको संघका सदस्य १ हजार ८सयबाट झरेर १ हजारको संख्यामा रहेको पौडेलले बताए ।
हाल पोल्ट्रीको राजधानी चितवनमा पनि यहांँको उत्पादनले यहांँलाई मात्र पुग्ने गरेको छ ।
यसअघि दैनिक ६० गाडी कुखुरा चितवनबाट काठमाडौं जाने गरेकोमा हाल अर्डरपछि मात्रै जाने गरेको छ । नेपाल कुखुरा बजार व्यवस्था संघका अध्यक्ष कृष्णहरी लोहनी मासुको उत्पादन घटेसंँगै आपुर्ती समेत कम हुने गरेको बताउंँछन । ‘पहिले बा्रेइलर कुखुरा काठमाडौ लगायत अन्य जिल्लामा ६० गाडी भन्दा बढी जान्थ्यो उनले भने, अहिले सबै जातको कुखुरा गरी २८ गाडी पनि छैन ।’ पछिल्लो समय साना किसान विस्थापित हुदै जानु र ठुला किसान व्यवसायीले सिजन अनुसार बा्रेइलर पाल्ने गरेकोले मासुको उत्पादनमा असर परेको हो । कुखुरापालक किसान अन्य जिल्लामा समेत विस्तार भएकोले यो समस्या आएको उनीहरुको भनाई छ ।
मासुको उत्पादन घटेसंँगै अण्डाको उत्पादन भने ह्वात्तै बढेको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी अण्डाको उत्पादन गुणात्मक रुपमा बृद्धि भएको बताउंँछन । ‘अहिले उत्पादन त बढेको छ तर बिक्री छैन ।’ उनले भने । अधिकांश किसान यसतर्फ आर्कषित भएपछि उत्पादन बढेको उनी बताउंँछन । संघको तथ्यांक अनुसार झण्डै लेयर्सपालक किसान १ हजारको हाराहारीमा छन । यहांँ १ लाख देखि २लाख वटा लेर्यस पाल्ने किसान मात्र आधा दर्जनको हाराहारीमा रहेको उनले बताए ।
चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष एवं भ्याली कोल्डस्टोरका सञ्चालक तेजनारायण पाण्डे साना किसान विस्थापित हुदै जानु र ठुला किसानले सिजन अनुसार बा्रेइलर पाल्न थालेपछि उत्पादनमा उत्तार चढाव आएको बताउंँछन । लेर्यर्स कुखुराबाट नियमित अण्डा उत्पादन हुने तर बा्रेइलरको उत्पादन घटबढ भएका कारण आपुर्ति नबढेको उनको भनाई छ । यता १० बर्षदेखि कुखुरा पालन गर्दै आएका भरतपुर महानगरपालिका वडा नम्बर २१ किसान नारायण चालिसे उत्पादन अत्याधिक नहुंँदा अण्डाले सही मुल्य नपाएको बताउंँछन । ‘एकत अहिले दानाको मुल्य प्रतिकेजी १५ रुपैयांँ बढेको छ , उनले भने हामीले अण्डा प्रतिगोटा ७ रुपैयांँ बेच्नुपरेको छ ।’ विचौलियाका कारण प्रतिगोटा अण्डामा ३ रुपैयांँसम्म घाटा बेहोर्नुपरेको उनको गुनासो छ ।
तपाइँको प्रतिक्रिया