पुडासैनी मृत्यु प्रकरण : रवि सहित तिनै जनाको पहिलो तारेख आज
चितवन, असोज ५ – शालिकराम पुडासैनी मृत्यु प्रकरण चितवन जिल्ला अदालतबाट धौरौटीमा रिहा भएका चर्चित संचारकर्मी रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता अधिकारीको पहिलो तारेख आज रहेको छ । घटनाको मुचुल्का बनाउने क्रममा रहेका साँची र जाहेरबालाको बकपत्रका लागि आज रबि सहित तीनै जना अदालत उपस्थित हुने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।
पुडासैनी आत्महत्या प्रकरणमा लामिछाने ५ लाख र युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । अस्मिता भनिने रुकु कार्की भने साधारण तारेखमा रिहा भएकी थिईन् ।पुडासैनीले गत साउन २० गते चितवनको पोखरा बसपार्कस्थित कंगारु होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । पुडासैनीको मोबाइलमा भेटिएको भिडियोमा लामिछाने, कँडेल र कार्की आफुलाई आत्मा हत्या गर्न वाध्य बनाएको बताएका थिए । सोही भिडियोको आधारमा प्रहरीले तीनै जनालाई साउन ३० अनुसन्धानको लागि पक्राउ गरेको थियो ।
तपाइँको प्रतिक्रिया