पूजा बनिन् मिस ग्ल्यामर नेपाल २०१९
चितवन, असोज ३ – पूजा आले मगर मिस ग्ल्यामर नेपाल २०१९ को बिजेता भएकी छिन् । बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलको हलमा आज (शुक्रबार) सम्पन्न फाइनलमा अन्य प्रतिस्पर्धीअरुलाई पछी पार्दै पूजा मिस ग्ल्यामर नेपाल बन्न सफल भएकी हुन् ।
यस्तै उर्मिला शर्मा फर्स्ट रनर अप तथा अमिषा खरेल सेकेन्ड रनर अप भएकी छिन् । बिजेता बनेकी पुजाले नगद ५० हजार सहित म्युजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् । यस्तै फर्स्ट रनर बनेकी उर्मिलाले ३० हजार तथा सेकेन्ड रनर अप अमिषाले २० हजार प्राप्त गरेकी छिन् ।
यस्तै अन्य बिभिन्न ८ बिधामा सबटाइटल पनि बितरण गरिएको थियो । फाइनलको प्रमुख निर्णायकमा युवा व्यवसायी राकेशमान श्रेष्ठ रहेका थिए भने अन्य निर्णायकहरुमा मिस्टर नेपाल २०१८ बिकल्प राज श्रेष्ठ,मिस्टर युनाइटेड कन्टिनेन्टल नेपाल २०१८ आषिक ताम्राकार, मिस नर्स चितवन २०१४ ममता पाण्डे भण्डारी र मिसेस चितवन २०१९ जमुना श्रेष्ठ रहेका थिए । श्रावण ३२ र भाद्र ७ गते गरी दुई चरणमा भएको अडिसनबाट फाइनलका लागि १० जना छनोट भएका थिए । उनिहरुलाई कोरियोग्राफर प्रज्ञा तिवारीले २० दिन प्रशिक्षण दिएकी थिईन् ।
तपाइँको प्रतिक्रिया