घट्यो खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य

चितवन,असोज ३ – नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ। निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ।
निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । जस अनुसार अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल हाल्न पाउने निगमले जनाएको छ ।
तपाइँको प्रतिक्रिया