प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप भोली देखी

चितवन, असोज ३ – चितवन भेटेरान फुटबल क्लबको आयोजनामा भोली (शनिबार) देखी चितवनको ईतिहासमै पहिलो पटक ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप २०७६’ शुरु हुँदैछ । भोलीबाट शुरु हुने प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले बिहान ७ बजे उद्घाटन गर्ने आयोजक चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए ।
यस अघी गत असोज २ गतेबाट शुरु हुने भनिएको प्रतियोगिता लगातरको बर्षाको कारण २ दिन पछी सरेको हो । बर्षाको कारण मैदान हिलाम्य भएकोले प्रतियोगिता २ दिन पछी सार्न परेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको उनले बताए ।
उद्घाटन खेलमा भोली आयोजक चितवन भेटेरान (निलो) र मकवानपुर भेटेरान हेटौंडा भिड्नेछन् । खेल बिहान ७:३० बजे हुनेछ । प्रतियोगितामा नेपालको १२ र २ बिदेशी गरी कुल १६ क्लबहरुले सहभागीता जनाउनेछन् । सहभागी क्लबहरुलाई २ समुहमा बिभाजन गरिएको छ । दुबै समुहबाट चार-चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । सहभागी अधिकांश टिमहरुमा पुर्व राष्ट्रिय खेलाडीहरु रहेका छन् । प्रतियोगिताको फाइनल ७ गते हुनेछ ।



प्रतियोगिताको बिजेताले नगद रु १ लाख ११ हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेताले ५० हजार ५ सय ५५ रुपैँयामा चित्त बुझाउनेछ । प्रत्येक दिन म्यान अफ म्याचले एक हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्ताले नगद ५-५ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्नेछ ।
यसैबिच धरान भेटेरान क्लबले प्रतियोगितामा सहभागीता नजाउने भएको छ । यस अघी सहभागी हुने भनिएको धरानले अन्तिम समयमा आएर सहभागी हुन नसक्ने जानकारी गराएको आयोजक चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रविन्द्र श्रेष्ठले बताए । धरानको स्थानमा नवलपुर भेटेरान सहभागी हुने भएको छ ।
तपाइँको प्रतिक्रिया