सप्तकोशीमा पानीको सतहले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौं, भाद्र ३१ – सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरीमा सप्तकोशीको तटीय क्षेत्रमा मंगलबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया