रंगशाला निर्माणका लागि ‘कबड्डी ३’ ले गर्यो ३ लाख सहयोग
चितवन, भाद्र ३० – चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले आर्थिक सहयोग गरेको छ ।आइतबार बेलुका यहि असोज ३ गते देखि प्रर्दशनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रंगशाला निर्माणका लागि तिन लाख सहयोग गरेको हो ।
चलचित्रका निर्माता मणिराम पोखरेल,अभिनेता दयाहाङ राई र विल्सन विक्रम राईले धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई तिन लाखको को चेक हस्तान्तरण गरे ।
स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा निर्माण गरिएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपसना सिंह ठकुरी,कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गरुङ, कविता आले, लोनिभा तलाधर, कमल मनी नेपाल अरुणा कार्की पोखरेल, शिला खनाल मनी के. राई लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी रहेको छ । ‘कबड्डी कबड्डी कबड्डी’को कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।शैलेन्द्र डि. कार्कीले छायांकन गरको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।
तपाइँको प्रतिक्रिया