अग्रता जोगाउन नसक्दा आर्सनलले वाट्फोर्डसँग अंक बाँढ्यो
भाद्र ३० – इंग्लिस प्रिमियर लिगमा आर्सनल र वाट्फोर्डले अंक बाँढेका छन् ।प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलमा २-२ गोलको बराबरी खेल्दै १-१ अंक बाँढे ।
वाट्फोर्डको मैदानमा भएको खेलमा पाहुना टोलीका लागि पिएरे एमरिक अबामेयाङले दुई गोल गरे । घरेलु टोलीका लागि टम क्लेभरली र रोबर्टो पेरेराले गोल गरे । आर्सनलले खेलको २-० को अग्रता बनाएको थियो । तर उसले जोगाउन सकेन ।
खेलको २१औं मिनेटमा एमरिक अबामेयाङले गोल गरै आर्सनललाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा एमरिक अबामेयाङले ब्यक्तीगत दोस्रो गोल गरेपछी आर्सनलले अग्रता दोब्बर बनायो । पहिलो हाफमा आर्सनलले २-० को अग्रता लियो ।
तर दोस्रो हाफमा आर्सनलले धेरै गल्ति गर्यो जसको वाट्फोर्डले मज्जाले फाईदा लियो । ५३औं मिनेटमा गोलकिपर बर्नार्ड लेनोले पेनाल्टी बक्सभित्र रहेका सोक्राटिसलाई बल पास गरेका थिए ।सोक्राटिसले मिडफिल्डमा दिन खोज्दा वाट्फोर्डका जेरार्ड बुलोफिउले भेटाए । उनले टम क्लेभरलीलाई पास दिए र उनले १५ यार्ड टाढाबाट गोल गर्दै वाट्फोर्डलाई खेलमा फर्काए ।
८१औं मिनेटमा वाट्फोर्डले पेनाल्टी पायो । सो पेनाल्टीलाई रोबर्टो पेरेराले गोलमा परिणत गरे र खेल २-२ को बराबरीमा सकियो । बराबरी पछी ५ खेलबाट ८ अंक बनाएको आर्सनल तालिकाको सातौ स्थानमा रहेको छ । समान खेलबाट २ अंक बनाएको वाट्फोर्ड तालिकाको पुछारमा रहेको छ । एजेन्सी
तपाइँको प्रतिक्रिया