‘सडकका छाडा पशु चौपायाको कारण मन्त्री भट्टराईलाई एयरपोर्ट पुग्न ढिला भयो’
काठमाडौं, भाद्र २९ – जहाज रोकाएर यात्रु कुराएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको आलोचना भईरहेको छ। केहीले गालीगलौज हुँदा पनि भट्टराई चुप लागेर बसेको भन्दै प्रशंसा गरेका छन् । यस्तै केहीले जहाजभित्र मन्त्री माथि दुर्व्यवहार भएको बताईरहेका छन् । उता मन्त्री भट्टराईले पनि आफ्नो कारण १५ मिनेट ढिलो भएको भन्दै सामाजिक सन्जालमार्फत माफी मागिसकेका छन् ।
यसैबीच बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सडकका छाडा पशु चौपायाले गरेको अवरोध गरेको कारणले पनि मन्त्री एयरपोर्ट पुग्न ढिलो भएको बताएका छन् । कारण ।सामाजिक सन्जाल फेसबुकमा एउटा स्टाटस राख्दै हुलाकी सडक छलेर बाइपासको बाटो जाँदा १० मिनेट र नेपालगन्जमा छाडा पशुले बाटो छेक्दा १० मिनेट ढिला बताएका छन् ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको स्टाटस :
तपाइँको प्रतिक्रिया