पश्चिम चितवनको भिमनगर माविमा डेङ्गु रोग सम्बधी सचेतना कार्यक्रम
चितवन, भाद्र २९ – पश्चिम चितवनमा रहेको भिमनगर माविले डेङ्गु रोग सम्बधी सचेतना कार्यक्रम गरेको छ । भरतपुर महानगरपालिका २० मा रहेको बिद्यालयले चनौली बजारमा डेङ्गु सम्बन्धी सचेतना कार्यक्रम गरेको विद्यालयका प्राचार्य कोमलनाथ घिमिरेले जानकारी दिए ।
त्यस अघी बिद्यालयले डेङ्गु सचेतना र्याली निकालेको थियो । बिद्यालय परिसरबाट निस्केको र्याली भिमनगर चोक हुदै चनौली बजारमा पुगेर सचेतना सभामा परिणत भएको थियो । र्यालीको क्रममा विद्यार्थीहरुले डेङ्गु रोगका बिषयमा लेखिएको प्ले कार्डहरु बोकेका थिए । उनिहरुले ‘डेङ्गुबाट बच्न झुलको प्रयोग गरौ’, ‘बातावरण सफा राखौ डेङ्गुबाट बचौ’ जस्ता प्ले कार्ड बोकेका थिए ।
विद्यालयका प्राचार्य घिमिरेले डेङ्गुले महामारीको रुप लिईरहदा नियन्त्रणका लागि बिद्यालयको तर्फबाट प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको बताए । विद्यार्थीहरुलाई डेन्ङु रोग बारे सचेत गराए उनिहरुले घर परिवार र समाजलाई नै सचेत गराउन सक्ने उनको भनाई थियो ।
बिद्यालयको जुनियर रेडक्रस सर्कलका शिक्षक नायक पुरुषोतम अर्यालले विद्यार्थी मार्फत घर परिवार र समाजलाई सचेत गराउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।
तपाइँको प्रतिक्रिया